Twitter

Follow aameerjoc on Twitter

About Me

I am Aameer JOC... and i want to live life in a simple way. Be happy every time and enjoy every bit of life!

Monday, December 20, 2010

एम्नेष्टि केयू नेटवर्कको भावि रणनीति

मानव अधिकार सम्बन्धी काम गर्ने अन्तराष्ट्रिय संस्था एम्नेष्टि इन्टरनेसनल नेपालको मातहतमा रहि काठमाडौँ विश्वविद्यालय –के.यू.)मा करिव तीन वर्ष अगाडि गठित यो नेटवर्क अब विधिवत रूपमा क्लबमा परिणत गर्ने तयारीमा रहेको छ ।
स्थापना कालको करिब डेढ वर्ष निकै सक्रिय रूपमा रहेको यस संस्थाले हालका वर्षमा आएर आफ्नो कामलाई सीमित बनाई रहेको थियो । यसका बारेमा जानकारी लिँदा हालका संयोजक इन्भारोमेन्ट इन्जिनियरिङ चौँथो वर्षका अनुग्र के.सी यसो भन्छन्, “सदस्यहरू बढ्दै गए र कार्यक्रमहरू पनि हुँदै गए तर समग्रमा एकै छानामुनी बसेर काम गर्न खासै मौका नमिलेकोमा भने केही दुरी बढेको महसुस गरिएको हो । त्यसै कारण पनि यस नेटवर्कलाई विधिवत रूपमा केयूका अन्य क्लबहरू सरह परिणत गर्ने कार्यमा हामी लागि परेका छौँ । यसपछि क्रमशः नयाँ कार्यक्रम गर्ने हाम्रो लक्ष्य छ ।” उनका अनुसार आउँदा दिनहरूमा मानव अधिकार सम्बन्धि गोष्ठि, बहस एवम् जागरणका कार्यक्रम ल्याउने तयारीका लागि यो समूह हाल आन्तरिक छलफलमा व्यस्त रहेको छ । नयाँ विद्यार्थीलाई लक्षित गरी यस संस्थाले गरेका थुप्रै नयाँ कार्यक्रमहरू एवम् योजनाहरूका बारे जानकारी गराउने उद्देश्यले एउटा रोमाञ्चक कार्यक्रम ल्याउने तयारी पनि गरेको छ ।

1 comment:

  1. Its Great news for AI Nepal Section Friends !!! If you want National Section's engagement in the discussion, we are happy to do that.

    Thank you
    Rameshwar Nepal
    Director, Amnesty International Nepal

    ReplyDelete

Facebook Badge