Twitter

Follow aameerjoc on Twitter

About Me

I am Aameer JOC... and i want to live life in a simple way. Be happy every time and enjoy every bit of life!

Monday, December 20, 2010

केयूका नयाँ अनुहार

“आज ड्राफ्टरले एउटा होरिजोन्टल लाइने बनाउन पनि पन्ध्र मिनेट लाग्यो भन्या !” ब्लाक एण्ड व्हइट स्ट्राइप्स लुगा लगाएकी एकजना प्रथम वर्षकी छात्राले फोटोकपी नजिक यसरी आफ्नो कुरा साथीसँग भन्दै थिइन् । नयाँ सोच, नयाँ लक्ष्य बोकेर आफ्नो भविष्यलाई सुनिस्चित पार्नका लागि काठमाडौँ विश्वविद्यालयमा आएका नयाँ अनुहार वा भनौँ नयाँ विद्यार्थीहरू मध्यको एउटा समूहको आवाज हो यो ।
त्यस्तै लाइब्रेरी बाहिर गोलाकार पारेर केही यूवाको जमात मध्यका मेकानिकल प्रथम वर्षका सुवास थपलियाले यसो भन्दै थिए, “मेकानिकल वर्कसप अति नै रमाइलो भइरहेको छ । पहिलो पटक भएकाले फलाम काट्ने काम अनि निलो एप्रोन लगाएर काम गर्दा निकै अनौठो महसुस गरिरहेको छु ।” यसरी कहिले यहाँ कहिले गेट नजिकको होटलमा त कहिले घर फर्किन लाग्दा यस्ता ताजा एवम् रोचक कुराकानी सबैले सुनेकै हुनुपर्दछ वर्तमान अवस्थामा ।
कहिले दिदीको खाना मीठो त कहिले किचनको अनि कहिले एच.केको । दिन प्रति दिन नयाँ नयाँ ठाउँमा जाँदै नयाँ स्वाद चाख्दै रमाईलो गफ गर्दै त कहिले पुराना विद्यार्थीहरूको जमघटलाई नियाल्दै नयाँ अनुहार केहि उत्साहित मुद«ामा रहेको महसुस गर्न सकिन्छ । केही गरौँ, केही सिकौँ भन्ने सोचका साथ आएका यी नयाँ अनुहार मौकामा केही गर्ने ।
प्रथम वर्षे विद्यार्थीहरु खेलकुद मैदान वरपर पनि पुराना विद्यार्थीहरूसँग घुलमुुल भइसकेको भान हुन्छ । अँझ भनौँ उनीहरु अहिले देखिनै बास्केटबल अनि फुटबल मैदानमा छाइसकेका छन् । यो एउटा यस्तो खुला ठाउँ हो जहाँ प्रथमदेखि अन्तिम चौँथो वर्षका सबै एकैठाउँमा भेला हुन्छन् र चिनजान गर्ने एउटा राम्रो अवसर प्रदान हुन्छ ।


यस्तै अलि गम्भिर सोच भएका विद्यार्थीहरू पनि देखिए । यस्तैमा पर्छन् अनुप प्रधान जो भन्दै थिए, “जर्नल बनाउन सुरू पनि गरेको छैन तर खास त छिट्टै सुरू गर्नुपर्ने” । आफूभन्दा अलि अग्रजबाट पनि केही सिक्ने हेतुले उनीहरुले आफ्नो चिनजानको शिलशिला निकै दु्रत गतिमा बढाएका छन् । “वेलकम प्रोगाम कहिले हुने हो ?” जस्ता प्रश्नदेखि “वोइ आज हामी कता खाना खान जाने” सम्मका कुराहरु विद्यार्थीका मुखमा झुण्डिरहने पाइयो ।


त्यस्तै केयूमा अरू थप समय विताएपछि मात्र यसका बारेमा केही भन्न सक्ने बताउँछिन् प्रशन्ना श्रेष्ठ । अनि सबै विषय नै नयाँ अनि रोमाञ्चक लागेको पनि उनको भनाइ थियो । कति जना विरामी पर्दै कक्षा जाँदैछन् भने धेरैको गुनासो विदा नहुनेका बारेमा रहेको छ । प्राय काठमाडौँमा हप्ताको दुई दिन पचाएर आएका यी विद्यार्थी यहाँ विदा कम हुँदा केही असजिलो भएकोले केयूको वातावरणमा एडजस्ट गर्न अलि टाइम लाग्ने पनि बताउँछन् ।


कतिले आफ्नो कुरा सोझै रुपमा राखे भने कतिले हिचकिचाएर बोल्न पनि अप्ठ्यारो माने । केयूका विद्यार्थीहरू अहिले देखि नै आफ्नो भविष्यप्रति गम्भिर भएको देख्दा खुसी नै लाग्यो । नयाँ विचार एवम् नयाँ धारका उनीहरु आफ्नो क्षेत्रबाट केही गर्न खोज्दैछन् । केयूको परम्परा अनि यहाँको हावापानीमा घुलमिल हुन अझै समय लाग्ने स्वभाविक नै हो । तर गलत संगत एवम् कुलतको सिकारमा यी नयाँ जोस नफसुन । त्यही नै हाम्रो कामना र चाहना हो । केयूको यो माहोलमा रमाएर पढ्ने लेख्ने कामका साथै अन्य अतिरिक्त व्रिmयाकलापलाई अगाडि बढाउनु, त्यही नै सबैको हितका लागि ठीक हुन्छ होला ।

No comments:

Post a Comment

Facebook Badge