Twitter

Follow aameerjoc on Twitter

About Me

I am Aameer JOC... and i want to live life in a simple way. Be happy every time and enjoy every bit of life!

Sunday, June 6, 2010

साल्सा गर्ने होईन त ?



वन्, टू, थ्री, फाईभ, सिक्स, सेभेन भन्दै चालमा चाल मिलाउन निर्देशन दिँदै थिए विचमा एकजना व्यक्ति । साथै उनलाई सघाउन अन्य दु्ई जना उनका मित्रहरुपनि विचमा नै थिए । कोही अग्ला, कोही होँचा, सबै जना नै नाच्नमा मस्त भेटिन्थे । यी सब दृश्यहरु हुन् केयू –काठमाडौ यूनिभर्सिटी) मा साल्सा सिक्न जम्मा भएका जमातको । अचम्म लाग्ला हेै ‘चार’ कता गयो भनेर । तर साल्सामा चार नै हुँदैन रे । मेरो ठाडो प्रश्नको ठाडो उत्तरमा साल्सा टिचर यशु खड्काले भनिन् ।
कहिले सबजना के गर्ने भन्ने अन्योलको वातावरणमा गलत चाल चलिरहेका थिए भने कोही निकै रमाइ रमाइ नाचिरहेका भेटिन्थे । विश्वविद्यालयको टाईट सेड्युलबाट आफू्लाई एकैछिन भएपनि टाढा राख्नका निम्ति तथा रमाईलो गर्नका निम्ति केयूमा विगत तीन सातादेखि साल्साको तालिम भइरहेको छ । हप्ताको केवल एक दिन त्यो पनि डेढ घण्टामात्र हुने भएकाले पनि मिडिया स्टडिज गु्रपले आयोजना गरेको उक्त तालिमका लागि विश्वविद्यालयका विभिन्न संकायबाट करिव ६० जनाको हाराहारीमा विद्यार्थीहरु आएका छन् । साल्सा सिक्नु सबैका लागि सहज त पक्कै हुँदैन । तर पनि हाम्रा विद्यार्थी साथीहरु केयूमा केही सिक्छु भनेर नै आएका छन् । साल्सा पनि यसबाट टाढा रहन सकेन । कतिको भनाई थियो, “जीवनमा अहिले सम्म पनि नाचेको छैन । खै कसरी नाचिने हो । आफैलाई थाहा छैन ।” भने साल्सा कक्षाको कुनापट्टिको भागमा भेटिएका इलेक्ट्रिकल ईन्जिनियरिङ्गका एक विद्यार्थीले भने, “मैले पहिले पनि सिकेको थिएँ । अहिले धेरै नै नराम्रो नाच्ने भएको छु त्यसैले त हाल यो तालिममा भाग लिइरहेको छु नि ।”
मंगलबारको चार बजेको कक्षा सकिना साथ वविता र ममता हतार हतार सिभी रमन अडिटोरियमको डाइनिङ्ग कक्षमा पुग्छन् । उनीहरुको अनुसार यो साल्साका कारण आफू निकै फुर्तिलो महसुस गर्दै आएका छन् । “कोही पनि यस ठाउँमा पर्फेक्ट छैनन्, सबै नै प्रथम पटक त कोही कोही दास्रो पटक सिक्न आएका हुन् ।” आयोजक पक्षका शेमुयल क्षेत्रीले कुराकानीका क्रममा भन्नुभयो ।
तपाईँलाई पनि त साल्सा गर्न मन होला नि ? भन्ने प्रश्नमा फोटोकपी कन्टेनरका काजी सुरेन्द्र र भाउजु नीलुले संयुक्त रुपमा भन्नुभयो –“ के गर्नु, बुढा बुढी सँगै गएर साल्सा गर्न त हुन्थ्यो नि । तर यहाँ पसल पनि त हेर्नु प¥यो नि, हैन र ? कति कतिबेला बुढा र मैले यहाँबाट हेर्दै यसो यहीँ पनि हात समातेर प्रयाक्टिस भने गर्ने कोसिस गर्छौँ ।” हाँसोको खित्का छोड्दै भाउजूले भन्नुभयो ।
कहिले खुट्टा फर्काउ, कहिले कम्मर मर्काउ, हरेक काम गर्न गाह्रो नै हुन्छ । साल्सा पनि एउटा राम्रै काम बन्न पुग्यो । कुनै पनि काम मनबाट गर्छु भनी ग¥यो भने अवश्य नै राम्रो र सफल हुन्छ । यसरी सिक्न आएकाहरुमध्ये कतिले केटाहरुको थोरै उपस्थितिबाट आफ्नै केटी साथीसँग नाच्नुपरेको गुनासो पोखे त कतिले धेरै रमाईलो भएको अनुभव हामीसँग राखे । जे होस् सबैजना केही नौलो, नयाँ र रोमाञ्चक कार्य गर्न पाएकोमा निकै खुसी थिए । अनि कोही भन्दै थिए, अब त गर्लफ्रेन्डसँग साल्सा मज्जाले गर्न सकिन्छ ।

No comments:

Post a Comment

Facebook Badge