Twitter

Follow aameerjoc on Twitter

About Me

I am Aameer JOC... and i want to live life in a simple way. Be happy every time and enjoy every bit of life!

Monday, May 27, 2013

अबको सोच अपाङ्ग मैत्री के यु




              अडियो रिपोर्ट सुन्नको लागि यो लिन्क प्रयोग गर्नुहोस


अबको सोच अपाङ्ग मैत्री के यु 



आज हामी काठमाडौँ विश्वविद्यालयको विकास योजना हेर्न राजधानी काठमाडौँ बाट करिव २८ किलोमिटर मात्र टाढा रहेको रमणिय स्थल धुलिखेलको केन्द्रिय क्याम्पसमा आएका छौँ । यहाँ अहिले भौतिक निर्माणका कार्य तिव्र रुपमा अगाडि बढिरहेको छ । यो विश्वविद्यालय रहेको ठाउँ पहिले एउटा ढिस्को मात्र थियो । तर आज करिव २० वर्ष लाग्न लाग्दा यसको भौगोलिक स्वरुपमा आधुनिक विश्वविद्यालय सरहको परिवर्तन देख्न सकिन्छ । आज हामी यो छोटो तर कठिन यात्राको गुरु योजना बनाउँदा देख्न र भोग्न परेको समस्या का बारेमा जानकारी लिने छौँ । त्यस्तै हाल निर्माण भइरहेका र यसमा थपिन लागेका थप अन्य योजनाका बारेमा पनि
के यु को गुरु योजना 
जानकारी लिनेछौ । सबै भन्दा पहिले केयुको निर्माण कसरी भयो भन्ने जानकारी लिन चिफ इन्जिनियर विद्या रत्न बज्रचार्य सँग कुराकानी गर्दा ढिस्कोका रुपमा रहेको केयु हालसम्मको स्थितिमा आउन धेरै मिहिनेत गरिएको उनको भनाइ छ ।

गुगल अर्थ बाट देखिने के यु को नक्सा
मुख्य तीन भागमा विभाजित केयुका भवनहरु मुख्यगरि एकाडेमिक, व्यवस्थापनका लागि एडमिनिस्ट्रेसन र रेसिडेन्सियल गरि छुट्याइएको छ । सुरुवाती दिनदेखि नै विश्वविद्यालयको निर्माणमा सक्रिय बज्रचार्यको समूहले डिजाइन गरेको केयु गुरु योजनाको करिव ६० प्रतिशत





काम सकिएको उनले जानकारी दिए । पढाउनका लागि र कार्यव्यवस्थापनका लागि चाहिने भवनहरुको निर्माण लगभग पुरा भइसकेको छ भने नयाँ विषय र तह बढ्दै गएकाले थप एकेडेमिक भवनहरु तत्काल आवस्यकता भएको उनले जानकारी दिए ।

मुख्य प्रशासनिक भवन 
साइन्स, इन्जिनियरिङ का लागि एउटा नयाँ गन्तव्य बन्दै गरेको के यु मा अहिले अटोमेकानिकल टे्रनिङ्ग सेन्टर खोल्ने तयारी भइरहेको छ । त्यसको भवन निर्माणको कार्य पनि तिव्र रुपमा अगाडि बढेको छ । त्यस्तै आगामी दिनमा स्वीमिङ पुल र मल्टिपर्पज हल पनि बनाउन लागेको कुरा बज्रचार्यले जानकारी दिए । तर विश्वविद्यालयको स्तरोन्नती भइरहँदा के विश्वविद्यालय प्रशासनले यसलाई दुरदर्शी रुपमा हेरेको छ त ? यसै विश्वविद्यालय भित्र सिभिल इन्जिनियरिङ विभागका एक प्रोफेसरको भनाइ र विचारमा विश्वविद्यालय अपाङ्गमैत्री पनि भैदिए यो एक अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालय हुन सक्छ । पढ्ने पढाउने वातावरण राम्रो हुँदा हुँदै पनि यो विश्वविद्यालयको भौगोलिक स्वरुपले अपाङ्गता भएकाहरुका लागि ढोका खोल्न सकेको छैन । यदि अवको १० वर्ष पछिको नेपाली शिक्षा क्षेत्रलाई मात्र केयुले लक्ष गर्ने हो भने यसको योजनामा ठूलै प्रश्न चिह्न लगाउन सकिन्छ । मूल गेट देखि प्रशासनिक भवनमा पुग्न पनि नसक्ने भएपछि यहाँ पढेर केही गरौँला भन्ने त परकै सोच हुन सक्छ ।

के यु को फुटबल मैदान रात्रीमा  

नयाँ बन्दै गरेको अटो मेकनिकल ल्याब 
कुनै भवितव्यले होस वा अन्य केही , पढिरहेकै विद्यार्थी आफ्नो कारण नभई प्राकृतिक विपत्तिका कारण अपाङ्ग बन्न सक्छन् । भौगोलिक उतार चढाव त्यो बेला यस विश्वविद्यालयमा आवत जावत गर्न निकै मुस्किल हुने उनको दावि छ । के त्यती कारणले त्यो विद्यार्थीको भविष्य अन्धकार बनाउने त ? यसरी गुरु योजनामा काम गरिरहँदा पहिलेकै सोचलाई मात्र कार्यान्वयन नगरि नयाँ ढङ्गबाट पनि यसलाई विचार गरिए काठमाडौँ विश्वविद्यालय अत्याधुनिक विश्वविद्यालय बन्न पछि पर्ने छैन ।


के यु को गुरु योजना को बारेमा तयार गरेको भिडियो रिपोर्ट हेर्न तलको लिन्कमा जानु होला 

       
 

No comments:

Post a Comment

Facebook Badge