Twitter

Follow aameerjoc on Twitter

About Me

I am Aameer JOC... and i want to live life in a simple way. Be happy every time and enjoy every bit of life!

Thursday, July 15, 2010

के यू को कुना कुनामा विश्वकप

अमिर जोशी

विश्वकप फूटबल २०१० को रौनकमा नरमाउने सायदै कोही भेटिएला, अहिलेको माहोलमा । यसै पनि चार वर्षमा आउने यो महाउत्सव कसैका लागी रमाइलोको विषय बन्न पुगेको छ भने कतिका लागि राम्रो आमदानीको स्रोत ।
जहाँ गएपनि फूटबलले राम्रै स्थान पाएको छ । घरको कोठा, विद्यालयको बस, कक्षाकोठा, भीडमा हिँडिरहेको जमात, जहाँ त्यहीँ फूटबल अनि अबेर रातसम्म चलेको खेलको चर्चा सुन्न पाइन्छ । “के भो दाइ, आँखा त रातो रातो छ नि, बिरामी पर्नु भो कि क्या हो ?” भनेर चिया पिउँदै गर्दा एकजना चिया पसले दाइले गर्वका साथ भने, “फूटबल हेरेको थिएँ” । प्रश्न सोध्ने दाजुले पनि कुरा बुझेरनै त्यो खेलको विस्तृत छलफल सुरु गरे । हालत यो छ फूटबलको देशभर नैँ भनौँ ।
विश्वकप महासंग्रामको असर वा भनौँ त्यसको रौनक काठमाडौँ विश्वविद्यालयमा पनि राम्रोसँग नै छाएको देखिन्छ । केयूको मूलद्वारबाट छात्रावाससम्म जहिँतहीँ फूटबल नै फूटबल पाकिरहेको छ, अनि पकाइराखिएको छ । विश्वकप महासंग्रामका खेल दक्षिण अफ्रिकामा भैरहँदा यहाँ विश्वविद्यालय छात्रावासहरूमा कोही अर्जेन्टिनाको त कोही ब्राजिलको जर्सी लगाएर समर्थन गरिरहेका भेटिन्छन् । छात्रावासभित्रै रहेर पनि विद्यार्थीहरुले विश्वकपको भरपुर मनोरञ्जन लिन पाएका छन् । साथै पुरुष छात्रावास भित्रको सोसियल हलमा राखिएको प्रोजेक्टर अनि ठूलो साउन्ड बक्सका कारण भने यहाँ अर्कै रौनक देख्न पाइन्छ । खेल साँझमा होस् चाहे मध्यरातमा, फुर्सदको समय होस्, चाहे आन्तरिक परीक्षाको बेलामा नै, यहाँ खेलप्रेमी दर्शकको राम्रै भीड देखिन्छ । वा भनौँ दर्शकको कमी कहिल्यै भेटिँदैन ।
त्यसैगरी, छात्रावासमा फूटबलको रौनक छाइरहँदा फेसबुकमा भने खेल हेर्ने, नहेर्ने अनि बुझ्ने, नबुझ्ने जमातबीच कोलाहल देखिन्छ । कसैले आफ्नो प्रोफाईल फोटोमा मनपर्ने देशको जर्सीमा आफ्नो नाम अनि नम्बर राखेर पोष्ट गर्नेगरेको भेटिन्छ, भने कतै विश्वकपको गीतको बोललाई स्टेटसमा राखेको पाइन्छ । क्रिकेटमा जस्तै यहाँ फुटबलमा पनि खेल भइरहँदा, खेलको ताजा ताजा जानकारी स्टेटसमा राख्ने चलनलाई कतिले निरन्तरता दिइरहेका छन् भने कतिले स्टेटसमा नै कसले जित्ला भनेर भिडन्त गरिरहेका छन् । समग्रमा भन्नुपर्दा फेसबुक फुटबलमय भएको छ । पहिलेको तुलनामा यसपालीको फूटबल रौनकमा महिलाको सहभागिता पनि निकै धेरै देख्न सकिन्छ । पहिले खेलबाट टाढा भाग्नेहरू, यो पाली भने निकै नै जोसका साथ आ–आफ्नो मनपर्ने देशलाई सपोर्ट गरिरहेका छन् । केयू गल्र्स हस्टेलमा पनि फूटबलले रामै्र उपस्थिति पाएको छ ।
यसरी वरपर यतिको रमाइलो भैरहँदा फुटबलका बारे दुःख, वेदना पोख्नेको जमात भने अर्को तर्फ रहेको छ । “नेपालको जर्सी लगाएर मैले कहिले नेपाललाई विश्वकपमा सपोर्ट गर्नेहोला” भनेर छात्रावासमा बस्ने एक विद्यार्थीले आफ्नो दुखेसो पोखेका थिए एक दिनको फेसबुकको स्टेटसमा । भने हाम्रा देशका नेताहरुको आपसी झगडालाई पनि फूटबलको मैदानमा देखाउन पछि परेका छैनन् हाम्रा फेसबुकका मित्रहरु । के केटा, के केटी, सबैजनानै फूटबलको यो महान चाडमा रमाइरहेका बेला हस्टेलमा बसिरहेका ईलेक्ट्रिकल ईन्जिनियरिङ् प्रथम वर्षका अमर श्रेष्ठ भने हस्टेलमा त्यो मात्रामा क्रेज नरहेको उल्लेख गर्दैथिए । त्यस्तै खेलका दौरान बजाउने भूभूजेलाको आवाजले पनि धेरै नै डिस्टर्व गरेकाले खेल हेर्दा निद्रा लाग्ने पनि उनको दुखेसो रहेको छ ।
चाहे जे होस्, चार वर्षमा आउने यो महाउत्सवमा सबैले रमाउने मौका पाएका छन् । तर नजिकिँदै गरेको सेमेस्टरको परीक्षा अनि फूटबलको असली रोमाञ्चक मोड, त्यो हो फाइनलको मुठभेड, दुबैले दोधारमा पारेको छ केयूका विद्यार्थीलाई । तर जे भएपनि खेल अनि यसको मजा सबैले लिनै पर्छ । तर हामीले यो पनि विर्सनु हुँदैन कि हामी फुटबल हेर्न भन्दा पनि पढ्न आएका हौँ । त्यसैले त्यो कुरालाई मनन गर्दै अनि फुटबलको मोहलाई यथावत राखी महाउत्सवलाई विदाइ गरेमा सबैलाई अर्को चार वर्षमा हुने यो महासंग्रामको प्रतीक्षा मनबाट हुने थियो ।

No comments:

Post a Comment

Facebook Badge