Twitter

Follow aameerjoc on Twitter

About Me

I am Aameer JOC... and i want to live life in a simple way. Be happy every time and enjoy every bit of life!

Thursday, April 29, 2010

खेल सप्ताहमाटग अफ वार र यसले तानेको दर्शक



कन्भर्स सुजमा खुट्टा चिप्लिन्छ है, राम्रोसँग डोरी समात्नु, यो गेममा जित्नैपर्छ,” भनेर सिकाउँदै थिए एकजना सुन्तला रङ्गको सर्ट लगाएकाखेलाडी आफ्ना सदनका साथीहरूलाई हेर्दा खाइलाग्दो जीउडालभएकाहरू एकातर्फ उकालो ओरालो गर्दागर्दा सिन्का जस्ता भएकाअर्कोतर्फ खेलको निर्णय पहिले नै अन्दाज गर्न सकिन्थ्यो, जीतकस्को हुन्छ भनेर

तै पनि खेलको नियमलाई बुझेर मैदानमा उत्रे खेलाडीहरू पहिल्यै डोरीतान्यौ भने फल गरिनेछ हैभनेर जलान दाइ कराईरहेका थिए खेलसुरू पनि भयो, एक दुई पलमै हारजीतको फैसला पनि भयो अबकसले जित्यो भनेर भन्न नपर्ला कहाँ दिनहूँ आफ्नो कक्षाको लागिभीरपाखा तलमाथि गर्ने शरीर कहाँ गाडीमा हिँडडुल गर्ने ज्यान, तुलना गर्नु बेकार नै हो
हाल जारी खेलकुद सप्ताहमा पहिलो पटक राखिएकोटग अफ वारनामक यो खेलमा देखिएको घम्सा घम्सीकोदृश्य हो यो यो राम्रैसँग दर्शक बटुल्न सफल पनि भयो केयूको प्राय सबै खेलको हालत यस्तै नै चार सदन बाँडिएका छन्, ती बीच खेल हुँदा रमाईलो नै हुन्छ किनभने आफ्नै मित्रवन्धु बीचको खेल हुन्छ, तर असलीखेलको हालत तब देखिन्छ जब केयू बाहिरका अन्य टीमसँग हाम्रो टीमहरू जुध्न पुग्छन् अनि हार हुन्छ, किनकीहाम्रा टीमहरू रमाउनका निम्ति खेल्दै छन् भने अन्य बाहिरका टीमहरू जित्नका निम्ति खेल्दै छन् यदि यस्तोहोइन भने, हामीले किन भएभरका खेलमा एउटै खेलाडीहरू देख्ने सुवर्ण अवसर प्राप्त गरिहेका छौँ टग अफ वारखेली भ्याएको छैन अब भलीबल खेल्न जाने होभनेर मख्ख पर्छन हाम्रा खेलाडी साथीहरू खेलमा mचि राख्नुपक्कै नराम्रो कुरा होइन तर सबैलाई मौका दिनुप¥यो नि खेल्यो, ठीकै ,त्यसमा पनि जितिदिए राम्रैखेल्दा रहेछन् नि यिनीहरूभन्नु हुन्थ्यो तर दुर्भाग्य हाम्रो केयूमा खेलाडीहरूको कमी भएको जस्तो जे होस्खेलमा भाग लिइरहेका छन् त्यो राम्रो पक्ष हो हाम्रो खेलकुद मैदान भरिरहेका छन् त्यो झनै सराहनीय
यो सप्ताहलाई विदा मानेर घरमा मस्त बस्नेको सङ्ख्याको पनि कमी छैन फोन गरेर, ‘ आओ साथी हो, आफ्नै कलेजको स्पोर्टस् वीक हो नि, एकै छिन् आओ अनि जानुभन्ने स्थिति आउन लागि सक्यो तै पनिआइदिए अर्कै कुरा किन हो किन यो स्पोर्टस् वीकमा मजा आइरहेकै छैन स्पोर्टस् वीकभनेर जे सोचियो, त्योअनुरूपको रमाइलो कसेले अनुभव गरेको छैनभन्ने जस्ता अनेक खुल्दुली मैदान वरपर घुम्दा समय समयमाआउँछ तर आज भएको जस्तो नयाँ नौलोटग अफ वारजस्तो खेल हुँदा त्यो हल्लाखल्लाले मनमा उठेका यिअनेकन नराम्रा भावनालाई विलीन गराइदिन्छ जे होस् खेल सप्ताहमा खेल्नेहरूका लागि उपस्थिति जनाउनेकालागि रमाइलो नै भैरहेकोे नयाँ नयाँ खेलले स्थान प्राप्त गरिरहेको यो निरन्तर भई नै रहोस् एकैअनुहार भन्दा पनि नौला नयाँ अनुहारलाई मौका दिइयोस् अनि मात्र, खेलाडीको सहभागिता बढ्छ, भित्रिएकानयाँ खेलको जानकारी प्राप्त गर्ने खेल हेर्ने दर्शकको सङ्ख्या सोही रूपमा बढ्न जान्छ

No comments:

Post a Comment

Facebook Badge