

११ चैत्र
काभ्रे, काठमाडौँ विश्वविद्यालय
हिजो चैत्र ११ गते अर्थात क्षयरोग दिवस । हरेक वर्ष जस्तै यस वर्ष पनि विभिन्न कार्यक्रम गरि यो दिवस नेपालभरी मनाइएको छ । त्यस्तै यस विश्वविद्यालयको परम्परा अनुरुप काठमाडौँ विश्वविद्यालय युथ रेडक्रस सर्कल (के.यू.आर्.सि. सि.) र फार्मेसी फ्याकल्टीका विद्यार्थीहरुको पहलमा क्षयरोग सम्बन्धी जनचेतना जगाउनका निम्ति एक ¥यालीको आयोजना गरिएको थियो । उक्त ¥याली विहान आठ बजे के. यू. गेटबाट सुरु भएको थियो । अठ्ठाइस किलो हुँदै धुलिखेल पुगी त्यहाँ रहेको जिल्ला क्षयरोग निवारण केन्द्रमा पुगी पुनः धुलिखेल बजार परिक्रमा गरी कोणसभा गरी सम्पन्न भएको थियो ।
जनमानसलाई क्षयरोग र यसबाट बच्नसक्ने उपायबारे सूचित गरिएको थियो । ¥यालीमा सहभागी हुन विश्वविद्यालयबाट करिव तीन सयको हाराहारीमा विद्यार्थीहरु आएका थिए भने धुलिखेलसम्म पुग्दा सहभागीको सङ्ख्या बढ्दो रुपमै रहेका थिए । जनतालाई धुम्रपान र सुर्तीजन्य पदार्थले गर्ने असरबारे जानकारी सहभागी जिल्ला क्षयरोग निवारण कार्यलयका पदाधिकारीहरुले दिनुभएको थियो । साथै विद्यार्थीहरुबाट भएको यस सुरुवातलाई निरन्तरता दिन क्षयरोग निवारण कार्यलयले अन्य कार्यक्रम पनि गर्ने प्रतिवद्ददता गरेको छ ।
के.यू.आर्.सि. सि. का प्रतिनिधि अनिश श्रेष्ठका अनुसार आगामी दिनहरुमा पनि यस किसिमका कार्यक्रम निरन्तर गरिने जानकारी दिनुभयो । जनमानसलाई थोरै भएपनि जानकारी दिनु विद्यार्थी भएका नाताले आवश्यक भएकाले यस्ता कार्यक्रमलाई सहयोग गरिदिन सम्बन्धित निकायलाई अनुरोध पनि गर्नुभयो । “ चुरोट, सुर्ती नखाऔँ, क्षयरोगलाई भगाऔँ” भन्ने नाराका साथ सुरु भएको यस ¥यालीले थोरै भएपनि समाजलाई सचेत गराउने काम गरेको छ ।
dherai ramro joc. esto pragati gardai garnu.
ReplyDeletegreat !!!
ReplyDeletealikati vasha ma dhyan dinu parchha ki!!!