
About Me
- Aameer JOC
- I am Aameer JOC... and i want to live life in a simple way. Be happy every time and enjoy every bit of life!
Sunday, June 6, 2010
साल्सा गर्ने होईन त ?

Saturday, May 15, 2010
पुरा भयो केयूमा प्राथमिक उपचार को तालिम



जेष्ठ १, शनिवार
काठमाडाँ विश्वविद्यालय, काभ्रे
भुईँमा लडिरहेका एक युवकको हालत देख्दा निकै नै अप्ठ्यारोमा रहेको जस्तो भान हुन्थ्यो । छेउछाउमा लगभग ५, ६ जनाको समूहले उक्त घाईतेलाई सहयोग गर्न लागे जस्तो देखिन्थ्यो । साधारण पहिरनमा दुई जना दिदिहरु रमाईलो पारामा केही सिकाइरहनु भएको थियो । यी दृश्यहरु हुन् काठमाडौँ विश्वविद्यालयमा हिजो र आज गरि केयू.आर्.सी.सी.(काठमाडौ विश्वविद्यालय यूवा रेडक्रस सर्कल) को आयोजनामा भएको २ दिने आधारभू्त प्राथमिक उपचार तालिमको । जहाँ तालिम लिनका लागि विद्यार्थी वर्गबाट २४ जना रहेका थिए भने तालिम दिनका लागि वनेपा रेडक्रसबाट जयन्ती थापा र शुभलक्ष्मी श्रेष्ठ गरी २ जना आउनुभएको थियो । तालिम हिजो शुक्रबार र आज शनिबार जेष्ठ १ गतेका दिन सम्म रहेको थियो ।
कहिले स्लाईडको सहाराले होस् त कहिले प्रशिक्षार्थीलाई भुईँमा लम्पसार पारेर नै होस्, सबैले प्राथमिक उपचार कसरी दिने भनेर सिकिरहेका थिए ।
“लौ खै त फोटो ?” आफ्नो स्लाइडमा फोटो नभेटिएपछि अचम्म पर्दै आधारभूत तालिम दिन आउनुभएको एक दिदिले यसरी भन्नुभयो । पछि अर्को स्लाईडबाट केही कुरा देखाउँदै उहाँले सिकाउँदै हुनुहुन्थ्यो । उपस्थित कतिले गहिरिएर सिको गर्दै थिए भने कतिले त्यसलाई निकै खल्लो महसुस गरेको पनि भान हुन्थ्यो । त्यसको सहज अनुमान कोही एकै ठाउँमा बसेर हेरिरहेको र कोही छिनछिनमा फोन उठाउने बहानामा बाहिर गएको दृश्यले प्रष्ट पाथ्र्यो । तर, जे होस् सबैको अनुहारमा, “म यो प्राथमिक उपचारको तालिम लिएपछि कसै न कसैलाई सहयोग गर्नेछु” भन्ने त्यो जोश चैँ देखिन्थ्यो है ।
एकै छिनको बसाईमा पनि धेरै कुरा सिकिने उक्त तालिमको अर्को रोमाञ्चक पक्ष भनेको रमाईलो पारामा केही सिक्नु रहेको थियो । ठट्यौली पारामा आफ्नो कार्यलाई निरन्तरता दिँदै जाँदा चिया लिएर एक जना दाजु आउनुभयो । चियापान सकिएपछि पुनः तालिम कार्य जारी रहन्छ । जारी गर्नु अघि फेरि दिदिले भन्नुहुन्छ, “चियापछिको नमस्ते, है सबैलाई” । त्यसपछि लगभग आधा घण्टाको प्रस्तुतीपछि उक्त तालिम समाप्त भएको घोषणा हुन्छ र ठीक पाँच दिन पछि केयूमै हुन लागेको अर्को कार्यक्रममा सहभागी हुनका निमित्त नाम संकलन गरिन्छ । कार्यक्रममा यो दुईदिने अवधिमा सिकिएको कुरालाई नाटकका रुपमा मन्चन गर्ने निर्णय हुन्छ र सबैजना मुस्कान सहित आ–आफ्नो बाटो लाग्छन् ।
केही गर्छु भनी हिँडेका यस्ता युवा पुस्ताको जोशलाई सराहना गर्न कोही पछि पर्नु हुँदैन । त्यसैले पनि हामी सबै मिलेर आउँदो बिहिवार केयूमा हुन लागेको रेडक्रसको कार्यक्रममा उपस्थित भई हौसला बढाउन मद्दत गर्नुहुन म हार्दिक अनुरोध गर्दछु ।
बाँकी फोटोहरुको लागि,, http://www.facebook.com/photo_search.php?oid=362601685296&view=all
Thursday, April 29, 2010
Is there a Yahoo! Lottery? Does Yahoo! Mail ever offer cash prizes?

No. There is no Yahoo! Lottery, and YAHOO/ MSN would never send anyone information about a contest they never entered.
That’s the definition of unsolicited: you never asked for it. It showed up out of nowhere. The message probably also displays two other hallmarks of fraud emails: it appears to be official (with company logos, even links), and it demands urgent action “to claim your prize”, or something similar.
If you’ve received a message like “Final Notification: Yahoo! Mail Winner!” or “Your Email Address Has Won million”, it’s a scam.
Don’t reply to the email, don’t click on any links in it, and never divulge any personal information. Instead, click Spam.
Yahoo! Mail will never request personal information in an unsolicited email.
If you get an email that looks like it’s from Yahoo! but tells you you’re the winner of a Yahoo! Lottery or other contest – and it asks you to email personal information to claim a cash prize or reward – click Spam to dispose of it. You can also report this suspicious email by going to Yahoo's Abuse Form and filing a complaint.
"Phishing" is a play on the word "fishing" — because perpetrators are "fishing" for your private information or trying to find ways to trick you into sending them money. Don’t be fooled! These deceptive emails are used to commit identity theft, charge your credit cards, empty your bank accounts, read your email, and lock you out of your online account by changing your password.
Source:http://help.yahoo.com/l/us/yahoo/mail/original/abuse/abuse-63.html
BEWARE OF THIS. BECAUSE Any one of us can get this mail. I got it this morning. I had heard abut it but hadn't got any. Since, I got it and then I got this answer from yahoo.! thank you
खेल सप्ताहमाटग अफ वार र यसले तानेको दर्शक
तै पनि खेलको नियमलाई बुझेर मैदानमा उत्रे खेलाडीहरू । “पहिल्यै डोरीतान्यौ भने फल गरिनेछ है” भनेर जलान दाइ कराईरहेका थिए । खेलसुरू पनि भयो, र एक दुई पलमै हारजीतको फैसला पनि भयो । अबकसले जित्यो भनेर त भन्न नपर्ला । कहाँ दिनहूँ आफ्नो कक्षाको लागिभीर–पाखा तल–माथि गर्ने शरीर र कहाँ गाडीमा हिँडडुल गर्ने ज्यान, तुलना गर्नु त बेकार नै हो ।
हाल जारी खेलकुद सप्ताहमा पहिलो पटक राखिएको ‘टग अफ वार’ नामक यो खेलमा देखिएको घम्सा घम्सीकोदृश्य हो यो । यो राम्रैसँग दर्शक बटुल्न सफल पनि भयो । केयूको प्राय सबै खेलको हालत यस्तै नै छ । चार सदनत बाँडिएका छन्, ती बीच खेल हुँदा त रमाईलो नै हुन्छ किनभने आफ्नै मित्रवन्धु बीचको खेल हुन्छ, तर असलीखेलको हालत तब देखिन्छ जब केयू बाहिरका अन्य टीमसँग हाम्रो टीमहरू जुध्न पुग्छन् । अनि हार हुन्छ, किनकीहाम्रा टीमहरू रमाउनका निम्ति खेल्दै छन् भने अन्य बाहिरका टीमहरू जित्नका निम्ति खेल्दै छन् । यदि यस्तोहोइन भने, हामीले किन भएभरका खेलमा एउटै खेलाडीहरू देख्ने सुवर्ण अवसर प्राप्त गरिहेका छौँ । टग अफ वारखेली भ्याएको छैन ‘ल अब भलीबल खेल्न जाने हो’ भनेर मख्ख पर्छन हाम्रा खेलाडी साथीहरू । खेलमा रmचि राख्नुपक्कै नराम्रो कुरा होइन तर सबैलाई मौका दिनुप¥यो नि । खेल्यो, ठीकै छ ,त्यसमा पनि जितिदिए त ‘ए राम्रैखेल्दा रहेछन् नि यिनीहरू’ भन्नु हुन्थ्यो । तर दुर्भाग्य हाम्रो केयूमा खेलाडीहरूको कमी भएको जस्तो छ । जे होस्खेलमा भाग लिइरहेका छन् । त्यो राम्रो पक्ष हो र हाम्रो खेलकुद मैदान भरिरहेका छन् त्यो त झनै सराहनीय छ ।
यो सप्ताहलाई विदा मानेर घरमा मस्त बस्नेको सङ्ख्याको पनि कमी छैन । फोन गरेर, ‘ल आओ न साथी हो, आफ्नै कलेजको स्पोर्टस् वीक त हो नि, एकै छिन् आओ अनि जानु’ भन्ने स्थिति आउन लागि सक्यो । तै पनिआइदिए अर्कै कुरा । “किन हो किन यो स्पोर्टस् वीकमा मजा आइरहेकै छैन । ‘स्पोर्टस् वीक’ भनेर जे सोचियो, त्योअनुरूपको रमाइलो कसेले अनुभव गरेको छैन” भन्ने जस्ता अनेक खुल्दुली मैदान वरपर घुम्दा समय समयमाआउँछ । तर आज भएको जस्तो नयाँ र नौलो ‘टग अफ वार’ जस्तो खेल हुँदा त्यो हल्लाखल्लाले मनमा उठेका यिअनेकन नराम्रा भावनालाई विलीन गराइदिन्छ । जे होस् खेल सप्ताहमा खेल्नेहरूका लागि र उपस्थिति जनाउनेकालागि रमाइलो नै भैरहेकोे छ र नयाँ नयाँ खेलले स्थान प्राप्त गरिरहेको छ । यो निरन्तर भई नै रहोस् । एकैअनुहार भन्दा पनि नौला र नयाँ अनुहारलाई मौका दिइयोस् । अनि मात्र, खेलाडीको सहभागिता बढ्छ, भित्रिएकानयाँ खेलको जानकारी प्राप्त गर्ने र खेल हेर्ने दर्शकको सङ्ख्या सोही रूपमा बढ्न जान्छ ।
Critical Analysis of the movie Kagbeni

The movie fails to answer many questions of the audience. As a general audience I wanted to know what is the real impact of that paw? It didn’t answer that mystery girl’s role in the movie. Why does she appear in the movie time and again? To answer that questions we have to watch that movie carefully at least three times, which people don’t do it. We don’t have that much time to watch a movie thrice in order to get its general idea. It should have been made in a easy way. According to what I noticed in the movie is that it could have been much short. It shouldn’t have been elongated so much.
With lots of good part there are many other things which might make one feel this movie a bit boring. It is due to the frequent coming of the scenes in the middle of the story. The variation in the music sometime makes one feel amusing while the same music is considered irritating by one mass of people. The story is a bit complicated. Most of the viewers did not even understand the context and the story as a whole.
But considering things like in which context it was made, we have to give credit to the production team which went to such place where it was really difficult to shoot. Still they could give a movie like Kagbeni, which was an introductory movie to the real high definition digital movie. This movie turned out to be the milestone in a Nepali Movie Industry in terms of high definition digital format movie.
With reference to the articles and news that were published in the newspaper at that time, and from the source like www.kagbenithefilm.com and www.wikipedia.com I came to the conclusion that it was an average movie which could not attract much audience from the rural areas of Nepal. It was completely made for the people of urban areas and that too Kathmandu valley. So it was not a very successful movie. Still it has many good things to be considered.
Some of the Nepali Critics commented about this movie as following.
1. The Himalayan Times called over it "a benchmark for Nepali films."
2. Kunda Dixit of Nepali Times called it "superbly crafted, seductively acted, meticulously directed,"
3. Bishnu Gautam of The Rising Nepal says “"No longer will we have to be embarrassed about Nepali movies. It is not easy to bring out an impressive film with new faces, but Bhusan did it brilliantly. All the three protagonists, Saugat Malla (Ramesh), Deeya Maskey (Tara) and Nima Rumba (Krishna) are new faces but nowhere in Kagbeni are they seen as beginner. It provides you with the taste of western films including the love scenes, which are free from vulgarities.”
Tuesday, March 30, 2010
Amrend's Success



“hold on to your dream
it sweetens all your nights
brightens up your days
because dream is a compass
that shows only one aspired direction -
success, success and more success “
This is what I want to say to one of my friend who just got scholarship for his further studies. If someone works really hard then he or she will surely get success at the near future.
AMREND PRASAD SHAH from Sarlahi who’s studying Civil Engineering(Ist year, 2nd semestar) in
Hard working students need to be awarded and they should be given more chances to show their talent and they should be encouraged to work for the country. Every good work needs to be cherished and should be brought to the public. Though one might feel this is a very minute success, but for a student every single success is a massive SUCCESS.
Thus I would like to congratulate him in this success. Congratulations my friend and do the best on coming days. All the very best for that and we’ll be looking forward to other such triumph.
Thursday, March 25, 2010
क्षय रोग विरुद्घ विद्यार्थीहरुको पहल


११ चैत्र
काभ्रे, काठमाडौँ विश्वविद्यालय
हिजो चैत्र ११ गते अर्थात क्षयरोग दिवस । हरेक वर्ष जस्तै यस वर्ष पनि विभिन्न कार्यक्रम गरि यो दिवस नेपालभरी मनाइएको छ । त्यस्तै यस विश्वविद्यालयको परम्परा अनुरुप काठमाडौँ विश्वविद्यालय युथ रेडक्रस सर्कल (के.यू.आर्.सि. सि.) र फार्मेसी फ्याकल्टीका विद्यार्थीहरुको पहलमा क्षयरोग सम्बन्धी जनचेतना जगाउनका निम्ति एक ¥यालीको आयोजना गरिएको थियो । उक्त ¥याली विहान आठ बजे के. यू. गेटबाट सुरु भएको थियो । अठ्ठाइस किलो हुँदै धुलिखेल पुगी त्यहाँ रहेको जिल्ला क्षयरोग निवारण केन्द्रमा पुगी पुनः धुलिखेल बजार परिक्रमा गरी कोणसभा गरी सम्पन्न भएको थियो ।
जनमानसलाई क्षयरोग र यसबाट बच्नसक्ने उपायबारे सूचित गरिएको थियो । ¥यालीमा सहभागी हुन विश्वविद्यालयबाट करिव तीन सयको हाराहारीमा विद्यार्थीहरु आएका थिए भने धुलिखेलसम्म पुग्दा सहभागीको सङ्ख्या बढ्दो रुपमै रहेका थिए । जनतालाई धुम्रपान र सुर्तीजन्य पदार्थले गर्ने असरबारे जानकारी सहभागी जिल्ला क्षयरोग निवारण कार्यलयका पदाधिकारीहरुले दिनुभएको थियो । साथै विद्यार्थीहरुबाट भएको यस सुरुवातलाई निरन्तरता दिन क्षयरोग निवारण कार्यलयले अन्य कार्यक्रम पनि गर्ने प्रतिवद्ददता गरेको छ ।
के.यू.आर्.सि. सि. का प्रतिनिधि अनिश श्रेष्ठका अनुसार आगामी दिनहरुमा पनि यस किसिमका कार्यक्रम निरन्तर गरिने जानकारी दिनुभयो । जनमानसलाई थोरै भएपनि जानकारी दिनु विद्यार्थी भएका नाताले आवश्यक भएकाले यस्ता कार्यक्रमलाई सहयोग गरिदिन सम्बन्धित निकायलाई अनुरोध पनि गर्नुभयो । “ चुरोट, सुर्ती नखाऔँ, क्षयरोगलाई भगाऔँ” भन्ने नाराका साथ सुरु भएको यस ¥यालीले थोरै भएपनि समाजलाई सचेत गराउने काम गरेको छ ।